तीज गीत “खोइ मलाई सिर्फुल”को भिडियो सार्वजनिक

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत “खोइ मलाई सिर्फुल” सार्वजनिक गरिएको छ । गत शुक्रबार रमेश शर्मा अफिसियल यूटुवमार्फत सार्वजनिक गरिएको गीतमा गणेश गौतम, रमिला विश्वकर्मा र दिलु बिसिको आवाज रहेको छ ।

तीजको नजिकिदाको घटनाक्रम र श्रीमान् श्रीमति बीचको प्रेमलाई तीज गीतमार्फत गणेश गौतमको शब्द रचनामा प्रस्तुत गरिएको छ ।  सुप्रिमराज विश्वकर्माको संगीत, खेमराज गौतमको एरेन्ज, कुमार रानाको मिक्सिङ्ग तथा मास्टरिङ रहेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

प्रनिमा दाहाल, सर्मिला डिसी र अशोक बिकको उत्कृष्ट अभिनय रहको म्युजिक भिडियोमा अशोक बिकको निर्देशन,  दिपकराज सुनारको कोरियोग्राफी, बासु न्यौपानेको सिनेम्याटोग्राफी र पदम सुबेदीको सम्पादन रहेको छ ।

मधुर संगीत र हृदयस्पर्शी गीतका कारण तीजको माहोलमा चाँडै श्रोता दर्शकको मन जित्न सफल हुनेमा दुईमत छैन ।

भिडियो: 

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *