दया र मिरुनाको ‘रङ्गेली’को प्रिमियर अष्ट्रेलियामा

यती बेला छाँयाकनमा रहेको फिल्म ‘रङ्गेली’को प्रिमियर अष्ट्रेलियामा गरिने भएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् । आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रिमियर भने अष्ट्रेलियाको मेलबर्न सहरमा गरिनेछ ।

अष्ट्रेलियाको वितरण अधिकार लिएको कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’को प्रदर्शनसँगै प्रिमियर गर्नेछ ।अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्मको कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरूमा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

फिल्ममा दयाह्याङ राई,मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, सुन्दर धिताल लगायतको अभिनय रहेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *