‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौैं । चलचित्र ‘हात्तीछाप’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले अभिनेता दयाह्याङ राई  र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर नयाँ पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दुई कलाकार त्रास मुद्रामा देखिएका छन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मको कार्यकारी निर्मातामा सरोज नेपाली छन् भने पुष्कर गुरुङ र अमला देवी राई निर्मातामा छन् । सुशान्त प्रजापतिको छायांकन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

चलचित्रमा  विल्सन विक्रम राई, बेनिशा हलमा, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेललगायतको पनि अभिनय रहेको छ ।

चलचित्र ‘हात्तीछाप’ आगामी माघ २६ गते प्रदर्शन हुँदैछ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *