रोयल्टी अफ फेसन एम्पायरको उपाधि त्रिशक्ति र प्रिन्सालाइ

काठमाडौं । नेपालको मोडलिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको मोडलिङ एजेन्सी फेसन एम्पायरले आफ्नो पहिलो सौन्दर्य प्रतियोगिता – रोयल्टी अफ फेसन एम्पायर (पहिलो सिजन) सम्पन्न गरेको छ ।

काठमाडौंमा गत शनिवार आयोजना भएको रोयल्टी अफ फेसन एम्पायरको पहिलो संस्करणमा त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मीले ताज जित्न सफल भएका छन् ।

प्रतियोगितामा सुजन दुलाल र प्रगति भट्टराई फ्रस्ट रनरअप साथै सुबन प्रधान र  अनिश्मा खाती सकेन्ड रनरअप भएका छन् भने अभिषेक गुप्ता र सुरक्षा महर्जनले अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रतियोगी मोडलहरूका साथ साथै गेस्ट मोडलहरूले समेत विभिन्न प्रस्तुतिहरू दिएका थिए ।  रोहन श्रेष्ठको कोरियोग्राफी रहेको उक्त फेशन शोमा राजेश कुमार राई, अनिश महर्जन, ससांक कट्वाल र दिव्या महर्जन निर्णायकको भुमिका रहेका थिए ।

आयोजक संस्थाको टिममा ऊर्जावान, मेहनती र अनुभवी युवा सदस्यहरूको रुपमा सीईओ रायेश श्रेष्ठ, प्रबन्ध निर्देशक विकास प्रधान, कोरियोग्राफर रोहन श्रेष्ठ, फेसन डिजाइनर जरिना महर्जन र कार्यक्रम संयोजका रुपमा सुहाना महर्जन र उत्सव सिलाकार रहेका छन् ।

 

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *