अनिताले जितिन् ‘द मिसेस नेशनल २०२३’ को ताज

काठमाडौँ । ‘द मिसेस नेशनल २०२३’ को ताज  अनिता यादवले  जितेकी छन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछि पार्दै यादवले ताज चुमेकी हुन् । उनी भ्युवर्स च्वाईस अवार्ड समेत विजेता बनेकी छन् ।

प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मोस्ट ट्यालेन्टेड भए । विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए । 

प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।

विवाहित महिलाहरुलाई चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुपले जनाएको छ । 
तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *