ड्रेस टु इम्प्रेस छैठौं संस्करणबाट छानिए उत्कृष्ट चार डिजाइनर
डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिए । तीमध्ये चार जना उत्कृष्ट भएका छन् ।
काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले डिजाइनरहरुलाई चार वटा थिम दिइएको थियो । ईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियरले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा ‘रोकोको थिम’मा ओमन लकान्द्री उत्कृष्ट बने । यस्तै, कलर ब्लकिङ थिममा छायाँ खड्का विजेता बनेकी छन् भने रेट्रो र नेट विइङ्स थिममा क्रमशः पुष्पा शाही र विष्णा बम उत्कृष्ट बने ।
उत्कृष्ट डिजाइनर छनोटका निर्णायकमा हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमिल्सिना, केज फिटनेशका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम श्रेष्ठ र निभा श्रेष्ठ थिए ।
कार्यक्रममा ‘मिस नेपाल – २०२२’ प्रियंका रानी जोशी, मिस नेपाल अर्थ डा सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का लगायत अतिथिहरुका रुपमा सहभागी थिए ।