जानकी बनिन् अल्टिमेट मोडल नेपाल २०२३

काठमाडौँ । ‘अल्टिमेट मोडल नेपाल २०२३’ को ताज जानकी बजगाईंले जितेकी छन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगितामा १५ प्रतिस्पर्धीलाई पछि पार्दै बजगाईंले ताज चुमेकी हुन् । उनी बेस्ट वाक विधा अवार्डका समेत विजेता बनेकी छिन् ।

प्रतियोगितामा अन्सिका सिँह फस्ट रनर्सअपका साथ मोस्ट कन्फिडेन्ट र प्रसिद्ध थापा मगर सेकेन्ड रनर्सअपका साथ मोस्ट फोटोजेनिक हुन सफल भएका छन् । भिउअर्स च्वाइस र मोस्ट पपुलरको रूपमा अस्मिता बोहोराले पनि ताज सुरक्षित गरेकी छिन् ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा विशाल बस्नेत बेस्ट फिजिक, राहुल खत्री मोस्ट आइकोनिक, उत्सव कार्की मल्टिमिडिया अवार्ड, सुरेन्द्र तामाङ मोस्ट एक्टिभ, भूमिका शाही मोस्ट फोटोजेनिक, स्मृती श्रेष्ठ मस्ट आइकोनिक र मनिषा लामिछाने वेस्ट फिगर उपउपाधि विजेता भए ।

प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *