आकाश, बिकास र करुणा फिचर्ड “तिमी फर्केर आयौ” सार्वजनिक
सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्जमा सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ, बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ । प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन रहेको छ ।
तपाईको सल्लाह तथा सुझाब :