तिमी नै तिमी भन्दै आए दिपक लिम्बु
धरान । गायक दिपक लिम्बुको नयाँ गीत “तिमी नै तिमी” युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको “तिमी नै तिमी” गीतको रचना नबिन थेबेको रहेको छ । गायक राजेश पायल राईको चर्चित गीत “बल्ल भेट भो आदाङ्गबे”का रचनाकार नबिन थेबेको रचनामा लामो समयपछि नयाँ गीत सार्वजनिक भएको हो ।
गायक दिपक लिम्बुको अभिनय रहेको भिडियो दिपक गजमेरले छायाँकन तथा सम्पादन गरेका हुन् ।
तपाईको सल्लाह तथा सुझाब :