गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

केही समय अगाडी एरेन्जर तथा गितारिस्ट संजीव बराइलीसँग ईन्गेजमेन्ट गरेको कुरा सामाजिक संजाल मार्फत घोषणा गरेकी गायिका मेलिना राईले अन्तत: ईन्गेजमेन्ट तोडेकि छिन् ।

आज फेसबुक स्टाटस मार्फत ईन्गेजमेन्ट तोडेको जानकारी गराउँदै उनले लेखेकि छिन्, “त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मसमिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।”

उनी अझै अगाडि लेख्छिन्, “फेरि सबै ईन्गेजमेन्टहरु बिवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको ईन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु ।

यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *