कुमारको ‘कसम’मा कमल र ललनाको रोमान्स

काठमाडौं । श्रावण महिनामा यसपाली वर्षाको बाढी जसरी तिजका गीत संगीतको बाढी भेल आउने क्रम जारी नै छ । यसैबीच  प्रेमिल शैलीको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गीतकार कुमार मिश्रको  शब्द रहेको छ । गायक  साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

गौतम  बुद्ध जन्मस्थल लुम्विनी भित्र  छायाँकन गरिएको यस गीतको भिडियोमा मोडल कमल सिंह र ललना चिमरिया बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले खिचेको भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *