बिन्दू, देबी र ज्योतिप्रकाशले ल्याए लगनको सारी

काठमाडौं । यो वर्षको तीजलाई लक्षित गरेर संगीतकार ज्योतिप्रकाशको संगीतमा नयाँ तीज भाका ‘लगनको सारी…’ दर्शक श्रोतामाझ आएको छ । समसामयिक बिषयबस्तु उठान गरिएको तीज भाका गीतकार देवी पराजुलीले लेखेकी हुन् । गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका हुन् भाे गायिका बिन्दु परियारले स्वर दिएका छिन् ।

भिडियोलाई गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल दिब्यानी ओलीको शिर्ष नृत्य रहेको छ । गीतको भिडियोमा महेश महराको छायाँकन, दीपक बिष्टको सम्पादन, दीपेश बिष्टको कोरियोग्राफी रहेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *