रञ्‍जितले ल्याए तीज गीत “लरी लरी लै”

काठमाण्डौ । नेपालि नारीहरुको महान चाड हरितालिका तीज आउन अब केहि दिन मात्र बाँकी छ । यसै बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक हुन थालेका छन् । यस भित्र हरेक कलाकारलाई आफ्नो सिर्जना कसरी हुन्छ उत्कृष्ट बनाउने सोच हुने गर्दछ । यसैलाई मध्यनजर राखेर नेपालि गीत संगीतको क्षेत्रमा निकै सम्भावना बोकेर आएका रञ्‍जित बिस्वकर्माले पनि एक तीज गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत “लरी लरी लै” बोलको रहेको छ ।

रोमान्चक सैलिमा तयार पारिएको यस गीतमा रञ्‍जित परियार र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भिम भुजेलले तयार परेका हुन् भने शब्द रबिन बाबु बि.सी र भिम भुजेलको रहेको छ । प्रस्तुतकर्ता स्वयम् रञ्‍जित यस गीतको म्युजिक भिडियोमा देखिएका छन् । उनि संगै नारायणी खत्रीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के.सी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *