जगदीश समालको ‘सरसर माया’ सार्वजनिक

चर्चित गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा ”स्माईल”को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अहिलेका ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नबव कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ । भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका हुन् । राजिव समरको नृत्य निर्देशन साथै शान थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल “जगदिश समाल”  मार्फत सार्वजनिक गरिएको छ ।

हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाइ सार्वजनिक भएसंगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *