ज्वाला र मानषी  फिचर्ड ‘माया जाल’ सार्वजनिक

काठमाडौं । गायक ज्वाला राई र मानषी तामाङ फिचर्ड नयाँ म्युजिक भिडियो ‘माया जाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लुटपाटको घटनालाई आधार बनाएर प्रस्तुत गरिएको भिडियोको कथामा गायक राई ब्याड ब्वाईका चरित्रमा देखिएका छन् ।  यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ।  देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् । भिडियोमा विषम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोमा फराज अर्पणको  डिओपी र बिशाल थापाको छायाँकन रहेको छ ।  गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो गायक राईको युट्युव च्यानल ‘ज्वाला राई’ मार्फत सार्वजनिक भएको हो।  यसअघि गायक राईको स्वरमा ‘शितल शितल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फुल’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् ।  भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *