प्रिती आले  र टेक अधिकारीको  तीज गीत ‘ओए मेरी रानी’

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिएसंगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ ।

यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत  ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड छन् । सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका हुन् । भिडियो एक्सन फिल्म्सको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।  गायक अधिकारीको यसअघिको ‘ओइ सानी’, ‘ओइ माया’, ‘छड्के तिलहरी’ र ‘हामी नेपाली’ गीतहरु दर्शकले अत्यधिक मन पराएका थिए ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *