प्रबिन, आयुष्मा र सृष्टिको अभिनयमा ’तिमी बिना’ भिडियो सार्वजनिक
काठमाडौं । गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ । गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ ।
तिमी बिना भाग-३ मा प्रबिन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन गरेका छन ।
प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजीएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका हुन् ।
https://youtu.be/kwInUnAIfgw
तपाईको सल्लाह तथा सुझाब :