अर्जुन पन्तको स्वरमा मौलिक रत्यौली गीत ‘बुहारी’ सार्वजनिक

काठमाण्डौं । गायक अर्जुन पन्त र गायिका सम्झना मगरले नयाँ गीत लिएर स्रोता माझ आएका छन् । गायक पन्तको स्वरमा ‘बुहारी ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक अर्जुनको शब्द तथा संगीतमा सो गीत सुन्न सकिन्छ । मौलिक लोक लयमा आधारित रत्यौली गीत भएको कारणले पनि आम दर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।

अर्जुन पन्तले निर्देशन गरेको म्यूजिक भिडियो सन्जु पौडेल, अर्जुन पन्त , विकाश राज पौडेल , निर्मल पौडेल , अपर्ण परियार ‘जिरे’ ले अभिनय गरेका छन् ।

सुर्य केसीको छायांकन, प्रकाश एस के को सम्पादन तथा अर्जुन पन्तले भिडियोलाई निर्देशन गरेका छन् ।

 

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.