राजु लामा ‘ठूली’ फकाउदै (भिडियो)
काठमाडौं । भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।
राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा. लि.ले सार्वजनिक गरेको हो । यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने संगीत सरोज लामाको रहेको छ ।
त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले गज्जबको अभिनय गरेका छन् ।
अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=QrfBOaugqw4
तपाईको सल्लाह तथा सुझाब :