रविनको स्वर, शंकरको संगीतमा ‘मेरी सानी’ (भिडियो )

काठमाडौं – नायक आर्यन सिग्देल र मोडल रुबिना थापाबिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ।  यस गीतमा गायक रविन लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार  डि.पी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को  संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

नेपाली चलचित्र क्षेत्रका अब्बल छांयाकार सौरभ लामा को छांयाकन तथा निर्देशन रहेको छ।  म्युजिक भिडियोमा अर्जुन जिसीको सम्पादन तथा रेनिश फागोको रंग संयोजन रहेको छ। नेपाली लोक पप शैलीमा बनेको यस गीतको भिडियोमा सहरको  एउटा प्रतिष्ठित मोटर कम्पनीका जागिरेले  गाउँमा रहेकी आफ्नी सानीलाई सम्झिंदै गायकको गीत भित्र हराउंदै  परिकल्पना गरेको सुन्दर र हृदय स्पर्शी कथा समेटिएको छ। भिडियो ‘डश म्युजिक’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *