सुधिर श्रेष्ठ र अस्विनी शाहीको अभिनयमा हिमाल घलेको “कदमैको छायाँ” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति “कदमैको छायाँ” भर्खरै बजारमा आएको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका समिक्षा यतिबेला छुट्टै चर्चा रहेकी छिन् । उनि द्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका छन् । तर यी गीतहरु पहिले रेकर्ड भएका हुन् अथवा भर्खरै रेकर्ड भएका हुन् त्यो भने एकिन गर्न सकिएको छैन । यद्धपी यो गीत पछिल्लो समय सार्बजनिक भएकोले उनी पुनः यस क्षेत्रमा सक्रिय देखिन थालेकी हुन् कि भन्ने अनुमान भने गर्न सकिन्छ ।

प्रस्तुत गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बिजीको शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उनले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गरेका छन् । ब्यसवायिकताको नाममा मौलिकता कहिले नभुल्ने भएको हुँदा नै हिमाललाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सदाबहार कलाकारको रुपमा चिन्न सकिन्छ ।

“कदमैको छायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । हिमाल घले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले पहिलेका सांगीतिक प्रस्तुतिलाई झैं मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.