‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक
गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक भएको छ । सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरलाई मातृभुमि युट्युब च्यानलबाट रिलिज गरीएको हो । ३ मिनेट ५० सेकेन्डको ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजेको छ ।
फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हन् । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गरीने छ । मणि नेपाली पनेरू निर्माता रहेको फिल्ममा अभिनाश न्यौपाने र श्रेया कार्कीको मुख्य भुमिका छ । साथैमोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने लगायतलाई पनि फिल्ममा देख्न सकिन्छ । ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको फिल्मको निर्माता पनेरुले लेखेका हुन् ।
तपाईको सल्लाह तथा सुझाब :