‘मायाको रंग’ मा रोमान्टिक धिरज र अदिति

अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को गीत सार्वजनिक भएको छ । ‘मायाको रंग’ बोलको गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर रहेको छ । गीतमा शब्द कालीप्रसाद बास्कोटा र सविन एकतारेको रहेको छ भने संगीत पनि कालीकै रहेको छ । रोमान्टिक गीतमा अदिती बुढाथोकी र धिरज फिचर्ड छन् । सुरेन्द्र पौडेल निर्देशनमा रहेको फिल्म बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र अदितिको अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुष्मा गुरुङ र  मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् । फिल्म आगामी असोज १४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *