चलचित्र ‘के घर के डेरा’को टिजर रिलिज

फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । फिल्मको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । फिल्ममा दयाह्याङ राइ, विपिन कार्कि, सुरक्षा पन्त, लक्ष्मी गिरी, आशान्त शर्मा,  प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा हेश दवाडीको पटकथा र संवाद रहेको छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *