‘हिँड्दा–हिँड्दै’ को फ्रस्टलुकमा आकाश र रेखा

काठमाडौं । लभस्टोरी फिल्म ‘हिँड्दा हिँड्दै’ को फ्रस्टलुक पोस्टर दर्शकमाझ ल्याइएको छ । निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फ्रस्टलुकसहित फिल्मको प्रदर्शन मिति सार्वजनीक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशब्यापी प्रदर्शनमा आउने छ ।

सार्वजनीक पोस्टरमा फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गरेका छन् ।

राजकुमार थिङ निर्माता रहेको फिल्मको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह छन् । लीलामान तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द निर्देशन र नविन निरौलाको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *