अलकापुरी कान्तिपुरी नगरी
चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिंड्न्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी ।१।
यति छन् भनि गन्नु कहाँ धनियाँ ।
सुखी छन् मनमा बहुतै दुनियाँ
जनकी यसरी सुखकी सगरी
अलकापुरी कान्तिपुरी नगरी ।२।
कहिँ कालभरी गल्लि छ दिल्ली सरी ।
कहिँ भोट र लण्डन चीन सरी
लखनौ पटना मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी ।३।
तरवार कतार खुडाँ खुकुरी
पिस्तोल र वन्दुक सम्म भिरी ।
आतिसुर र वीर भरि नगरी
छ त कुन सरी कान्तिपुरी नगरी ।४।
रिस राग कपट छैन यहाँ
तब धर्म कति छ कति छ यहाँ ।
पशुका पति छन् रखवारी गरी
शिवकी पुरी कान्तिपुरी नगरी ।५।
तपाईको सल्लाह तथा सुझाब :