पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूचि घोषणा

 

पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट पन्ध्र पुस्तकको विस्तारित सूचि (long list) घोषणा भएको छ ।

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । वि सं २०७८ देखि पुस्तक चयन प्रकृयालाई पारदर्शी र अधिकतम सहभागितामूलक गराउने उद्देश्यले स्वतन्त्र निर्णायक समितिको सिफारिसमा चयन प्रक्रिया तीन चरणमा गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनु भयो । उक्त प्रयोजनका लागि राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहनु भएको तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट पन्ध्र पुस्तकलाई उत्कृष्ट विस्तारित सूचि (long list) सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचिमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (short list)चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ ।

वि सं २०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका थिए । यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचिको लागि निर्णायक समितिले प्रतिष्ठानलाई निम्न पन्ध्र कृतिको सिफारिस उपलब्ध गराएको छ ।

​कृति​​​​​ र लेखकहरुः

१.अग्नि​​​​ डा. नवराज लम्साल
२.अर्को भोर​​ केशवराज ज्ञवाली
३.एक सम्बोधन समयमाथि​​ दीनानाथ शर्मा
४.काफ्काको काम सकियो​​ राजव
५.गुरु​​​​ कविता राई
६.छाइल​​​ लोकराज भट्ट
७.ताल्चा​​​ दिलिप बान्तवा
८.निनाद वल्लरी​​​ अलका आत्रेय
९.पैतालामा हिउँ, आँखामा हिमाल​ राजेन्द्रमान डङ्गोल
१०.भिक्षुसँग प्रेम​​​ उषा हमाल
११.भोजपुरको वाङ्मय​​ डा. विप्लव ढकाल
१२.महाभारा​​​ बसन्त बस्नेत
१३.मिथ्या​​​ दीपक पराजुली
१४.यादहरूको सङ्ग्राहलय​​ केवल बिनाबी
१५.सत्यमोहन​​​ गिरीश गिरी

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *