राष्ट्रिय कविता महोत्सवमा आत्रेय प्रथम

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६५अौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज प्रज्ञा सम प्रेक्षालयमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७९ मा सुनसरीकि कवि टीका आत्रेयको कविता “सझ्कल्प”ले प्रथम स्थान हासिल गरेको छ ।

यसैगरि धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता “आगोमा फुलेको देश”ले द्वितीय स्थान प्राप्त गरेको छ । तृतीय स्थान भने तीनजना कविका कविताहरूले प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गर्ने कविताहरूमा भक्तपुरकि कवि सीता तुम्खेवाको कविता “चरिसो फूल”, सुनसरीका कवि किरण सिवाको “बुबाको सिलाई मेसिन” र अछामका कवि कमलराज केसीको “सपना उम्रन्छ माटोमा” रहेका छन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *