दूध र दहीमा कुन बढी लाभकारी ?
शरीरलाई विभिन्न कार्यहरूको लागि क्याल्सियम एक आवश्यक खनिज हो । बलियो हड्डी र दाँतको निर्माण र सम्भारको लागि क्याल्सियम जरूरी हुन्छ । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, लाइम रोग, आदि जस्ता सबै प्रकारका स्वास्थ्य अवस्थाहरूलाई रोक्नको लागि हृदय र स्नायु प्रणालीहरूमा पनि क्याल्सियमको प्रयोग हुन्छ ।
तसर्थ, क्याल्सियमयुक्त खानेकुराहरू दैनिक आहारको हिस्साको रूपमा लिनु अत्यन्त आवश्यक छ । डेरी उत्पादनहरू क्याल्सियमको प्राथमिक स्रोतको रूपमा रहेका हुन्छन् । यीमध्ये दूध र दही सबैभन्दा महत्त्वपूर्ण छन् । तर यदि तपाईं यी दुईमध्ये कुन बढी लाभकारी छ भनेर सोचिरहनु भएको छ भने यो लेख यसै विषयमा केन्द्रीत रहेको छ ।
क्याल्सियम कन्टेन्ट
क्याल्सियमको राम्रो स्रोत दूध वा दही कुन हो भन्ने बारेमा धेरै बहसहरू भएका छन् । विभिन्न शोध र अनुसन्धानहरूका आधारमा दूधमा क्याल्सियम कन्टेन्ट दहीभन्दा उच्च रहेको पाइन्छ । १०० ग्राम दूधमा लगभग १२५ मिलीग्राम क्याल्सियम हुन्छ, जबकि १०० ग्राम दहीमा लगभग ८५ मिलीग्राम मात्र क्याल्सियम हुन्छ । त्यसैले यदि तपाईं साँच्चै क्याल्सियम सेवन गर्न चाहनुहुन्छ भने, दूध एक राम्रो विकल्प हुनेछ ।
अन्य स्वास्थ्य लाभहरू
यदि यी दुई खाद्य उत्पादनहरूले प्रदान गर्ने अन्य स्वास्थ्य लाभहरूलाई विचार गर्ने हो भने, दही अधिक लाभकारी छ ।
यस्ता छन् दहीका फाइदाहरु :
– दुधभन्दा दही पचाउन धेरै सजिलो छ ।
– यो ल्याक्टोज असहिष्णुता भएकाहरूका लागि उपयुक्त डेयरी उत्पादन हो ।
– यसले पाचन प्रणालीलाई सफा गर्छ ।
– प्रोबायोटिक ब्याक्टेरियाहरूको मात्रा ज्यादा हुने भएकाले यसले पेट र आन्द्राको संक्रमणलाई रोक्छ ।
अन्तमा, तपाईको शरीरलाई के चाहिन्छ भनेर निर्णय गर्ने तपाईले नै हो । यदि अधिक क्याल्सियम चाहिन्छ भने, दूध छनोट गर्नु बुद्धिमानी हुनेछ तर यदि तपाईं दूध पचाउन सक्नुहुन्न भने, दहीको छनौटले तपाईंलाई अन्य स्वास्थ्य लाभहरूसहित क्याल्सियमको स्वस्थ खुराक प्राप्त गर्न समेत सुनिश्चित गर्नेछ ।