ए.एम.एस. नेशनल सम्मान तथा अवार्ड कार्यक्रममा विशिष्ट गीतकार किरण खरेललाई दीर्घ साधनाबाट सम्मानित

नेपाल कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ए एम एस म्यूजिक एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले नेपाली कला क्षेत्रमा योगदान पुयाउनु भएका विशिष्ट व्यक्तित्वहरू लाई उहाँहरूका कार्यको प्रोत्साहन तथा सम्मानका साथै पर्यटन प्रवर्द्धनका लागि सहयोग पुयाउने उद्देश्यले यही असोज ९ गते हायत रेजेन्सी होटल, बौद्धमा एएमएस नेशनल सम्मान तथा अवार्ड द्वारा सम्मान गर्ने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रै पहिचान, स्रष्टा कलाकारको सम्मान’ भन्ने मूल नाराका साथ भव्य र सभ्य रुपमा समपन्न हुन गइरहेको समारोहमा विशिष्ट गीतकार किरण खरेल लाई “दीर्घ साधना सम्मान लाइफ टाइम एचिभमेन्ट अवार्ड” बाट सम्मानित गर्न लागेको आयोजक टिमले जानकारी दिए । देशकै विशिष्ट व्यक्तित्वको आतिथ्यतामा हुने यस समारोहमा स्रष्टा, सर्जक, प्रस्तोता, कलाकार, प्रविधिक, सञ्चारकर्मी, व्यवसायी, पर्वतारोही तथा विमान चालक लगायत समाजका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तित्वलाई समेत सम्मान तथा अवार्ड प्रदान गर्ने अध्यक्ष सत्यकला तामाङ लामा ले बताउनु भयो ।
तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *