मिस नेसन नेपाल २०२२ को उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आईडु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ प्रतियोगीहरुलाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन् ।

अन्य उप बिधाहरुमा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स्रफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी संगम बस्नेत र मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।

सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को यो पहिलो संस्करणमा निर्णायक मण्डलको रुपमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । सम्पूर्ण शो को कोरियोग्राफी सुजित बस्यालले गरेका थिए ।

विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए भने कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *