दशौं संस्करणको “मिस ग्रान्ड नेपाल २०२२” हुँदै

काठमाडौं । कस्मो इभेन्टस् र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा ‘हिंसा र युद्ध रोकौं’ भन्ने मूल नाराका साथ दशौं संस्करणको “मिस ग्रान्ड नेपाल २०२२” काठमाडौंमा हुँदैछ ।

भाद्र ११ गतेबाट अडिसन सुरु भई १३ गतेसम्म छनौट कार्य सम्पन्न गरिनेछ भने १४ गतेबाट तालिम तथा प्रशिक्षणहरु शुरु गरिनेछ ।

प्रतियोगितामा नेपालभरबाट १८ देखि २८ वर्षका युवतीहरुले भाग लिन पाउनेछन् भने कम्तीमा उचाई ५ फिट ४ इन्च र शैक्षिक योग्यता १२ पास गरेको हुनु पर्ने आयोजकले बताएका छन् ।

मिस ग्रान्ड नेपालमा प्रथम हुने युवतीले इन्डोनेशियाको बाली र जाकार्तामा अक्टोबर २०२२ मा हुने विश्वव्यापी प्लेटफर्म मिस ग्रान्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न पाउँनेछन् साथै पाँचलाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यस प्रतियोगितामा मोडल तथा नायिका आँचल शर्मा, मोडल तथा नायक अनुप बिक्रम शाही, र्यापर/गायक आशिष राना (लाउरे), समाजसेवी छिरिङ वाङ्दी, बिपान जनरल सेक्रेटरी निशु झा र नेशनल डाइरेक्टर सुरेश तामाङ्गका प्यानल निर्णायकको भूमिका रहनेछन् ।

विश्व मञ्चमा नेपाललाई चिनाउने र युवतीहरुमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सर्वाङ्गिण ब्यक्तित्व विकास गर्न सहयोग पुग्ने यस प्रतियोगिताको लक्ष्य रहेको छ ।

सिर्जनात्मक र नयाँ सोचका साथ बोली क्लब ग्रुप र कस्मो इभेन्टसले विभिन्न सांगीतिक र सुन्दरी प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गरिसकेको छ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *