अल नेपाल स्ट्यान्ड अप कमेडी टुर हुँदै
काठमाडौं । अल नेपाल स्ट्यान्ड अप कमेडी टुर “कलेज तिर” हुने भएको छ । भदौ ११ देखि सुरु हुने टुरलाई डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजनामा गरीन लागिएको हो ।
टुरमा कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा, सुजन जिम्बालगायतका कमेडियनहरुले दर्शकहरुलाई हसाउने छन् । काठमाडौं उपत्यका बाहिर विशेष गरि कलेजस्तरका विद्यार्थीहरुको लागि भएकोले टिकर दर पनि सस्तो बनाएको आयोजकले जानकारी दिएका छन् ।
यस प्रकारको कमेडी टुर पहिलो पटक हुन लागेको र टुर बिर्तामोड हुँदै बिराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडौका विभिन्न कलेजहरुमा हुनेछ ।
तपाईको सल्लाह तथा सुझाब :