मिस नेसन नेपाल २०२२ को फिनाले हुँदै

काठमाडौं । आईडु इभेन्टसको आयोजनामा काठमाडौंमा मिस नेसन नेपाल २०२२ को आयोजना भईरहेको छ । १४ जना प्रतिस्पर्धीहरु सम्मिलित उक्त इभेन्टका कोरियोग्राफर सुजित बस्याल हुन् ।

तालिममा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास र भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिदै छ ।

विभिन्न राउन्ड पार गर्दै र तालिमहरु प्राप्त गरि मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यहि भाद्र १० गते थापाथली स्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजकका तर्फबाट ललिता सापकोटाले बताइन् ।

बिजेताले मिस नेसन नेपाल २०२२ को ताजको साथमा नगद रु. १ लाख, विभिन्न फेशन शो र रन्वेमा सहभागीता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् ।

मिस नेसन नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहनेछन् ।

विभिन्न फेशन डिजानरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *