मोडल अफ एरा चौंथो सिजनको अडिसन मिति घोषणा

काठमाडौं । मोडलिङको क्षेत्रमा बेग्लै पहिचान कायम गरेको इभेन्ट “मोडल अफ एरा” को चौथो सिजन शुरु हुने भएको छ । पहिलो चरणको अडिसन श्रावण २१ गतेबाट शुरु भएर अन्तिम अडिसन भाद्र ४ गते हुनेछ । महिला पुरुष दुवैले भाग लिन सक्ने यस इभेन्टमा अडिसनबाट छानिएका मोडलहरुलाई एक महिने एडभान्स्ड लेभल मोडलिङ कोर्स, फेशन पोर्टफोलियो फोटोशुट, अभिनय कक्षा साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरुबाट व्यक्तित्व विकासका कक्षाहरु प्रदान गरिने जानकारी आयोजक संस्था क्रिजोना मिडिया ग्रुपका प्रमुख लभिन अन्सारीले गराउनु भयो ।

अडिसन राउन्डमा अन्तरार्ष्ट्रिय मोडल दिपक घिमिरे, अभिनेता तथा मोडल मनिष राउत र अभिनेत्री तथा तेश्रो सिजन विजेता मारिया क्षेत्री निर्णायक रहनेछन् ।

विभिन्न कार्य र ट्यालेन्ट राउन्ड पार गरि प्रस्तुतिहरुमा प्राप्त अंकको आधारमा विजेता चयन गरिनेछ । विजेताले एक लाख पैंतीस हजार बराबरको युके डिप्लोमा एअरहोस्टेस कोर्सको छात्रवृत्ति, मोडलिङका अवसरहरु जस्तै; विज्ञापन, म्युजिक भिडियो, फोटोशुट तथा टेलिभिजन भिजे, प्रिन्ट बिज्ञापनहरुमा अवसर पाउनुका साथै एभरेस्ट फिल्म एकेडेमीमा रु. एक लाख बराबरको छात्रवृत्ति समेत प्राप्त गर्नेछ । रे टेलिभिजन एचडीमा प्रसारण हुने यस कार्यक्रमको पछिल्लो सिजन तीनको उपाधि मारिया क्षेत्री र मानव घिमिरेले जित्नुभएको थियो ।

प्रतियोगितामा भाग लिन कुनैपनि मापदण्ड निर्धारण गरिएको छैन ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *