१९औं डाबर वाटिका तीज फेस्टिवल—श्रृजनशील उद्यमी मेला हुँदै

नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रा.लि.(इभेन्ट संसार डटकम) को व्यवस्थापनमा यहि श्रावण २७ देखि ३१ गते सम्म १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०७९ को आयोजना हुने भएको छ । यस मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले सह-प्रायोजन गरेको छ ।

उक्त पाँच दिने मेला वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्ला डिईसिसि, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुन लागेको हो । श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै महिला दिदी बहिनीहरुलाई आर्थिक रुपमा सबल बनाई प्रविधि मैत्री वातारवण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्षदेखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुदै आएको हो । विशेषत: अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनिहरुको सिर्जना तथा उत्पादनलाई बजारिकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ ।

मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिलु थापाले आजको समयमा पनि अधिकांश महिला दिदीबहिनीहरु नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परामा ग्रसित तथा पुरुषवादी चिन्तनमा रुमलिएको अवस्थामा यस संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पुर्‍याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७०० भन्दा बढी दिदी बहिनीहरु स्वरोजगार भई काम गर्न सफल भई सक्नु भएको जानकारी गराउनु भयो । यस पटक हुने वृहत् मेलामा १०० भन्दा बढी स्टलहरु रहने छ । त्यसैगरी २५००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलाका मुख्य आर्कषणहरुमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, फोटोसुट, मेहेन्दी आर्ट, हात खालि नजाने विशेष उपहारहरु रहेका छन् ।

मेलामा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहने छन् । साथै आयोजकद्वारा १० वटा भन्दा बढि स्टल असाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र पिछडिएका दिदिबहिनीहरुलाई निशुल्क प्रदान गरिएको राइजिङ्ग नेपाल प्रालिका प्रमुख पशुपति केसीले जानकारी गराउनु भयो ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.