नेपालमै पहिलो पटक फरक कन्सेप्टमा ‘एकसेएक रनवे-२०२२

इटहरी । इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक ‘एकसेएक रनवे-२०२२’ को आयोजना भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारी र साहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शो भन्दा सतप्रतिशत् फरक रहेको आयोजकले जनाएको छ । ‘एकसेएक रनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको र यसको मुख्य कार्यक्रममा विभिन्न प्रकारका विषयगत घटनाहरू समावेश हुनेछन् । जसको लागि प्रतिष्पर्धीहरुलाई निश्चित समय दिइनेछ, सो अवधीमा दिइएको कार्य पूरा गर्नुपर्ने आयोजक मध्येका एक जीवन चिमोरियाले बताए ।

यस्तै प्रतिष्पर्धीहरुले गर्ने सो कार्यहरुमा ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइने उनको भनाइ छ । यो कार्यहरुको सुरुवात ‘रिफ्रेसमेन्ट थिम’ अन्तर्गत स्विमिङ पुल र सो को आसपासमा र ‘ग्ल्यामर थिम’ अन्तर्गत इन्डोर शुट गरि २ चरणमा निश्चित समय निर्धारण गरेर प्रतिष्पर्धी मोडलहरुलाई कार्य तथा फोटोसुट सम्पन्न भएको अर्का आयोजक सौगात रिजालले जानकारी गराए । गएको बुधबार ‘रिफ्रेसमेन्ट थिम’ उर्लाबारीमा अवस्थित मदन भण्डारी पार्कमा गरिएको थियो भने ‘ग्ल्यामर थिम’ गएको शनिबार परिकला फोटोग्राफी इटहरीको स्टुडियोमा गरिएको थियो ।

यो फेसन शोको ३ ठाउँमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीहरुको सहभागीता रहेको थियो भने जसबाट १८ जना फाइनल चरणको लागि छनौट भएका छन् । फोटोसुट थिमको अझै केही चरणहरु बाकी रहेको आयोजकले जनाएको छ । त्यस पश्चात् यी १८ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट समापन हुनेछ । आयोजकका अनुसार झापामा भाद्र दोश्रो हप्ता फाइनल कार्यक्रम गर्ने योजना रहेको छ । फाईनलमा यो शोका प्रतिष्पर्धीहरुले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरुको ड्रेसमा र्याम्प वाल्क गर्नेछन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.