वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को एक्टिभेशन सम्पन्न

काठमाडौं । ग्लोकल प्रा. लि.को वार्षिक कार्यक्रम वाई वाई ग्लोकल टिन हीरो नेपाल २०२२ को बारेमा जानकारी दिनका लागि ग्लोकल टिम नेपालका सातै प्रदेशका बिभिन्न शहरका विधालयहरूमा एक्टिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका क्रममा नेपालका बिभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तर्कृया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी भेटिएको र यस बर्षपनि भब्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भईरहेको कुरा आयोजकले बताएको छ ।

ग्लोकल टीन हिरो कार्यक्रमको ग्लोबल लिड काजल झा ठाकुर भन्नुहुन्छ – “बिगतका बर्षझै यस बर्षपनी हामी प्रतिभाशाली किशोर किशोरीको खोजिमा नेपालमा बिभिन्न ठाउँ पुग्यौं । किशोर किशोरीको कार्यको सम्मान एवं पहिचान गराउने एक मञ्च ग्लोकल टिन हिरोको बिकास गरेर निरन्तर काम गर्दै आठौं संस्करणसम्म आइपुग्दा नयाँ उर्जा थपिएको अनुभुती हुन्छ ।”

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.लि. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाई ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । आवेदन दिने अन्तिम मिति जुलाई ३१ सम्म निर्धारण गरिएको छ ।

प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन दिन सक्नेछन् । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *