मिसेस एण्ड मिस गुरुङको ट्यालेन्ट राउण्ड सम्पन्न
काठमाडौं । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुँदै गरेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को ट्यालेन्ट राउण्ड भव्यताको साथ सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डमा मिस गुरुङतर्फ सन्ना गुरुङ, सितलदेबी गुरुङ, दिपसीखा गुरुङ, ईशा गुरुङ, अस्मिता गुरुङ, सुखिना गुरुङ, मिना गुरुङ र गोमा गुरुङले आफ्नो-आफ्नो प्रतिभा देखाएका थिए भने त्यसैगरी मिसेस गुरुङतर्फ पबी गुरुङ, हेमा गुरुङ, सिता गुरुङ, निलम गुरुङ, नानु गुरुङ, माया गुरुङ, सरस्वति गुरुङ, बिमला गुरुङ, फुलमाया गुरुङ, शर्मिला गुरुङ, लक्ष्मी गुरुङ र ममता गुरुङले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए ।
पूर्व राज्यमन्त्री पर्शुराम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त ट्यालेन्ट राउण्डमा नायिका संचिता लुइटेल, संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्द, मिस ईण्डीजिनियस-२०२१ नम्रता तामाङ, सुशिला थापा, रोजिना गुरुङ, राधा थोकर, निरु राइ, अजय अधिकारि र सिताराम राना निर्णायक मण्डल रहेका थिए ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एवं रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदि-बहिनीमार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्षदेखि आयोजना गरिदै आएको मिसेस एण्ड मिस गुरुङ -२०२२ सिजन-३ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन् ।
जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर रोजिन शाक्यबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङबाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन् । यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिबाहित नारी, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन् ।