दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ को आबेदन फारम खुल्ला

काठमाडौं – क्रियटिभ ईन्साइट मिडिया प्रालि र रोज शिप बिकाश तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा बिगत १ बर्ष देखि हुदैं आएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि” दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” यस बर्ष पनि हुने भएको छ । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड गर्न लागिएको रोज शिप बिकाश तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनुभएको छ ।
सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न सुरु गरिएको हो ।
अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक ब्यबसायी, फेसन मोडल तथा फेसन तथा बुटिक ब्यबसायीहरुले काठमाडौंको रविभवनमा रहेको रोज शिप बिकाश तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिनेछ ।
तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.