मिस धरान २०२२ को अडिसन शुरु

धरान ।  धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको “मिस धरान २०२२ ” को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

कम्तिमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तहदेखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो ।  आवेदन नि:शुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो ।  उनीहरुको बोल्ने शैली, आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन् ।

फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता “मिस धरान २०२२ ” को पहिलो अडिसनका निर्णायकहरु मिस पुर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन, मिस तामाङ्ग २०१९ प्रदेश १ कि बिजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ्ग, मिस टुरिज्म २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए ।

बुधबार दोस्रो अडिसन गरेर “मिस धरान २०२२” को ट्रेनिग शुरु गरिने आयोजकले जनाएको छ । अडिसनबाट  छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।साउन दोस्रो साता हुने फिनाले बाट मिस धरान २०२२ बिजेता, फर्स्ट रनर अप, सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब-टाइटलको उपाधि घोषणा गरिनेछ ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *