‘मिस ग्राण्ड नेपाल’को पाचौं संस्करणको आवेदन खुल्ला, देशभर अडिसन हुने
मिस ग्राण्डमा सहभागी हुनको लागि असार १७ गतेलाई अन्तिम मिति तय गरिएको छ । मिस ग्राण्ड आयोजक कम्पनीका अध्यक्ष राम केसिका अनुसार आउदो असार ११ गतेदेखि १७ गतेसम्म देशभर अडिसन गरिने भएको छ । नेपालगन्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, बिराटनगर र झापामा हुने अडिसनमा विभिन्न उत्प्रेरणात्मक कार्यक्रम समेत गरिने केसिले बताए । फाईनल अडिसन भने काठमाडौको होटल नेपालयमा हुनेछ ।
पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ, मिस ग्राण्ड नेपाल स्कुवा सोनाली सापकोटा, मिस मल्टीनेसनल आशा कार्की र प्रमिला बिक लगायत किसन राज सिंह, राजु श्रेष्ठ, डा. रामशरण थपलिया, आनी भिम सोवा गुरुङ लगायतको उपस्थिति थियो । उनीहरूले मिस ग्राण्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे । मिस ग्राण्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन, गुडविल एम्बासडर र नेपाली चलचित्रमा नायिका समेत हुदै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने मौका पाउने छन् । देशभरका अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ४५ दिनको प्रशिक्षण गराइने आयोजकको भनाइ छ ।