चर्चा बटुल्दै सुरेनको झुम्केली बौजु

काठमाडौं । देउडा गायक सुरेन भण्डारीको देउडा गीत झुम्केली बौजु सार्वजनीक भएको छ ।

सुदुरपश्चिमको लय र शब्द मिश्रित झुम्केली बौजुमा सुरेनसंगै सुदुरपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशीको स्वर रहेको छ ।

गीतले पछिल्लो समय संगीत बजारमा राम्रो चर्चा बटुल्न थालेका छन् । गीतको शब्द, लय र संगीतलाई संगित पाखरीहरुले मन पराएका छन् ।

गीतलाई सुशिल बोहराले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ । गीतको म्युजिक एरेन्ज बिशाला निरौलाले गरेका हुन् ।
नेपाली संगित क्षेत्रमा पछिल्लो समय सुदुरपश्चिमका देउडा गीतको उपस्थिती देखिन थालेको छ । श्रोता तथा दर्शकले समेत यस्ता गीतलाई राम्रो प्रतिक्रिया दिन थालेका छन् ।

गीतसंगै यसको भिडिया समेत उत्कृष्ट बनेको छ । गीतमा सुरेनसंगै रेखा समेत देखिएकी छिन् । गौरब गिरीले निर्देशन गरेको गीतलाइृ दिपक गिरीले खिचेका हुन् ।

सुरेनले यसअघि ओए सुवा गीत बजारमा ल्याएका थिए । सोही गीतले समेत राम्रो चर्चा कमाएको थियो ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *