आउ न संगी भन्दै करिश्मा र सम्झना

नजिकिँदै गरेको महिलाहरू पर्व तिजलाई छेको पार्दै गायिका मेलिना राईको तिज गीत ‘आउँ न संगी हो गाउँ न मिलेर’ इन्टरनेट रिलिज भएको छ l न्रित्य निर्देशक गोविन्द राईको रचना र निर्देशन रहेको गीतमा संगीत साज सिंहले भरेका छन् l केवी फिल्म्सको प्रस्तुति रहेको गीतको भिडियोमा सदाबहार नायिका करिश्मा मानन्धर, सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु  योञ्जन , सुप्रिया योञ्जन, र बासु तामाङको नृत्य रहेको छ ।

भिडियोको सम्पादन नकुल खड्काले गरेका हुन । नायिका मानन्धरकै लगानीमा निर्माण भएको भिडियोलाई उनकै युट्युब च्यानल करिश्मा मानन्धरबाट सार्वजनिक गरिएको छ l 

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.