टेकेन्द्र र तृप्तीको तीज गीत “नाच्ने हो बेसरी” सार्वजनिक
काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा नयाँ तीज गीत “नाच्ने हो बेसरी” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ । तीज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन, राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । “नाच्ने हो बेसरी” गीतको भिडियोमा डीमोन क्षेत्री र अर्नबी ढुगांनाको अभिनय रहेको छ ।
तपाईको सल्लाह तथा सुझाब :