प्रकाशको निर्देशनमा लघु चलचित्र ‘पानी नचल्ने छोरी’को ट्रेलर रिलिज

प्रेम आफैँमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो, जसमा मानिसहरूलाई संसार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरूलाई यस्तो लाग्छ, मानौँ उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।आधुनिकीकरण, पश्चिमी करण र भूमण्डलीकरणले गर्दा विश्व एउटा सानो समाजमा रूपान्तरण हुँदै छ । पुँजीवादको विकास सँगसँगै विज्ञान प्रविधि, यातायात, सञ्चारको विकास, रोजगारी, शिक्षाको अवसर र सामाजिक सञ्जालका माध्यमले एक ठाउँका मान्छे अर्को ठाउँमा पुगेका छन्  ।भिन्न जाति समुदाय, धर्म–संस्कृति, भाषा भाषी, वर्ग र परिस्थितिकाबीच अन्तर्घुलन हुने परिस्थिति बन्दै गएको छ । सहकार्य गर्दागर्दै फरक पृष्ठभूमिको युवायुवतीबिच प्रेम सम्बन्ध सुरु हुन सक्ने सम्भावना बढ्दै गइरहेको छ ।

तर जति मागी विवाहको ठाउँ प्रेम विवाहले ओगट्दै छ त्यति नै प्रेम सम्बन्धले समस्या पनि निम्त्याइरहेको छ । त्यसमध्येको एक हो अन्तरजातिय प्रेम सम्बन्ध र विवाह । यसैलाई मध्य नजर गर्दै लघु  चलचित्र ‘पानी नचल्ने छोरी’को ट्रेलर सार्वजनिक भएको छ l प्रकाश बुढाथोकीको निर्देशन रहेको चलचित्रले ट्रेलरमा अन्तरजातीय सम्बन्ध बाँध्दा घरपरिवार बाट एउटा बुहारीले भोग्नु परेको पिडालाई देखाउन खोजेको छ l कृति बहादुर सिंहको लगानीमा निर्माण गरिएको चलचित्रको ट्रेलरलाई कलिउड फ्राइडे युट्युब च्यानलमा रिलिज गरिएको छ l  स्वनिका बास्तोला, विमला गिरी प्रकाश बुढाथोकी, कृति बहादुर सिंह , प्रवेश भट्ट, कान्छी नगरकोटिको चलचित्रको अभिनय रहेको छ l भाद्र ४ गते चलचित्र रिलिज हुनेछ । 

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *