“काभ्रे फेस्ट -सिजन २”को अन्तिम अडिसन भदौ ५ मा
एल एण्ड एन मोडेल एजेन्सीले भर्खरै आफ्नो पहिलो चरणको अडिसन सम्पन्न गरेको छ । बिगत २ वर्षदेखि रोकिएर रहेको “काभ्रे फेस्ट -जन २” को पहिलो चरणको अडिसन काभ्रेको बनेपामा स्थानीय संघसंस्थाहरुको सहकार्यमा सम्पन्न भएको र अन्तिम अडिसन यहि भदौ ५ गते शनिबार बनेपा पार्टी भेन्यु रेस्टुरेन्टमा कोभिड स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डको पालना गरि आयोजना हुदैछ ।
उक्त अडिसनमा इच्छुक युवा-युवतीहरु लाइ यथासीघ्र फारम भरि अडिसनको लागि आह्ववान गरिएको छ।
मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट उक्त अडिसनको पहिलो चरणमा ७ जना छनौट गरिएको र अब आउने शनिबारका दिन गरिने अडिसनबाट अझ २३ जनालाइ छनौटगरि जम्मा ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
वर्तमान असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट -सिजन २” एउटा सुनौलो अवसर रहेको छ।