ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक
काठमाडौं। आज वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सुची सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिएको हो । देश भरि बाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत उनिहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ -“हरेक नयाँ बर्षसंगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडीने गर्छन् । नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउदा हामी उत्साहित छौं ।”
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
– आबिस्कर थापा क्षेत्री, ईन्जिनियरिंग उत्साही, प्युठान
– आदित्य सिंह थापा, बाल अधिकारकर्मी, बाँके
– अमृत रिजाल, बाल अधिकारकर्मी, सुन्सरी
– अनुग्रह घले, उद्यमी, ललितपुर
– अनुराग चापागाईं, यूटुबर, नवलपरासी
– दीपक सुतिहार, सामाजिक उद्यमी, सप्तरी
– गोविन्द पजियार, उद्यमी, सिरहा
– जोन्सन सुबेदी, टेक्नोप्रेनेउर, पर्वत
– ज्वाला ढकाल, लेखक, झापा
– खुस्बु भण्डारी, वन्यजन्तु संरक्षणवादी, चितवन
– मोहन बुढा, सामाजिक अभियन्ता, हुम्ला
– नेहा गुरुङ, सामाजिक अभियन्ता, काठमाडौं
– ओम प्रकाश वस्ती, सामाजिक अभियन्ता, कैलाली
– प्रन्जल चालिसे, टेक्नोप्रेनेउर, काठमाडौं
– रयान कुमार सापकोटा, सामाजिक उद्यमी, भक्तपुर
– सभ्या राई, शिक्षा अभियन्ता, इलाम
– सबिना शाक्य, वातावरणविद््, ललितपुर
– शुभम झा, महत्वाकांक्षी फिल्म निर्माता, महोत्तरी
– सुरज सापकोटा, सामाजिक अभियन्ता, नवलपरासी
– सुयोग वरदान आचार्य, आविष्कारक, कास्की
साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीनुभएको छ । ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारको रूपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी – चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन ।