गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता भाग लिइ १ लाख जित्नुहोस्

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जले रु १ लाख नगद पुरस्कार राशीको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिस्पर्धीले ३ मिनेटको हाँस्यब्याङ्ग्य एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्नेछ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिने र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिएका छन् ।

गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा, डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे, चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे, बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published.