निश्मा बनिन दोश्रो मिस उदयपुर

जिल्ला सदरमुकाम गाईघाटमा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा ६ प्रतिस्पर्धीलाई पछि पार्दै त्रियुगा नगरपालिकाकी निश्मा राउतले मिस उदयपुरको दोश्रो संस्करणमा उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस उदयपुर २०२०’की श्रद्धा भट्टराईले ताज पहिराएकी हुन् । विङ्स इन्टरटेन्मेन्टद्वारा आयोजित वाईवाई मिस उदयपुर २०२१ बिजेता बनेकी निश्माले नगद रु २५००० हजार पाउने छिन् भने निश्माले मिस पुर्वान्चलमा उदयपुरको प्रतिनिधित्व गर्नेछिन् । साथै उप यस बर्षका लागि मिस उदयपुरकोको ब्राण्ड अम्ब्यासडरको रुपमा नियुक्त भएकी छिन । निश्माले ताज सङै स्नातक तहको अध्यनका लागि, एयर होस्टेस र अन्य तालिमका लागि छात्रवृत्ति समेत पाएकी छिन। यसैगरी, ‘मिस उदयपुर फस्ट रनर अप २०२१’ को उपाधि चौदण्डिगढी नगरपालिकाकि दिपा थापामगरले पाएकी छन् भने ‘मिस उदयपुर सेकेण्ड रनर अप २०२१ को ताज त्रियुगा नगरपालिकाकी प्राथाना शंकरले पहिरिहेकी छन्।

बिजेता तथा उपबिजेताहरुलाई रिलायन्स लाईफ इन्स्योरेन्स को तर्फबाट क्रमशः ५,३ र २ लाखको टर्म इन्स्योरेन्स पनि प्रदान गरिने छ ।

यस वर्ष देशभरका १८ जना युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १६ देखि २४ उमेर समूहका ६ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

तपाईको सल्लाह तथा सुझाब :

Leave a Reply

Your email address will not be published. Required fields are marked *